२०८३ श्रावण ११ गते सोमवार

images
  • राजनीति
  • पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेस कार्यालय...

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेस कार्यालय मङ्गलबार बन्द हुने

पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा कांग्रेस कार्यालय मङ्गलबार बन्द हुने

सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
  •  

    सोमबार बिहान बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुङ्गानाको प्रति शोक प्रस्ताव पारित गर्दै मङ्सिर ३ र ४ गते पार्टीको आधा झण्डा झुकाउने र मङ्सिर ४ गते मङ्गलबार पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    बैठकले उहाँको निधन भएको १३ औँ पुण्य तिथिको दिन पार्टी केन्द्रीय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

    ‘‘पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्य समितिको बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै दिवङ्गत आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । स्वर्गीय ढुङ्गानाप्रति सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘२०८१ साल मङ्सिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने । २०८१ मङ्सिर ४ गते मङ्गलबार दिन केन्द्रीय कार्यालय बन्द रहने, स्वर्गारोहणको १३ औँ दिनमा केन्द्रीय कार्यालयमा शोक सभाको आयोजना गर्ने निर्णय गरिएको छ ।’’

    कांग्रेसद्वारा जारी शोक प्रस्तावमा स्वर्गीय ढुङ्गानाले मानव अधिकार, न्याय क्षेत्र, विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै उहाँले पुर्‍याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ ।

    बैठकमा बोल्नुहुँदै पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुङ्गानाले पार्टी र सभामुखको रूपमा खेल्नुभएको निष्पक्ष भूमिका सदा स्मरणीय रहिरहने बताउनुभएको भयो ।

    उहाँले भन्नुभयो, ‘‘संसद् उहाँले निष्पक्ष रूपमा सभामुखको भूमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्‍यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भइहाल्यो । उहाँको असामयिक निधन भयो ।’’

    पूर्वसभामुख ढुङ्गाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भूमिका निर्वाह गर्नुभएको थियो ।

    उहाँले सभामुखको रूपमा संसद् संसद् प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी स्वर्गीय ढुङ्गानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उहाँको सक्रिय भूमिका खेलेको पनि कांग्रेसले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend