२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिँदैछ, यस्तो...

निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिँदैछ, यस्तो प्रवृत्तिले लगानी घटाउँछ : गगन थापा

निजी क्षेत्रलाई अपराधीझैँ व्यवहार गरिँदैछ, यस्तो प्रवृत्तिले लगानी घटाउँछ : गगन थापा

सहर्ष न्युज
आइतवार, आषाढ २१ २०८३
सहर्ष न्युज
आइतवार, आषाढ २१ २०८३
  • आर्थिक अपराधविरुद्धको कारबाहीमा कांग्रेसको समर्थन, तर निजी क्षेत्रलाई त्रसित बनाउने शैलीप्रति असन्तुष्टि

    काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधीसरह व्यवहार गरिरहेको आरोप लगाएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक अपराधविरुद्ध कानुनी रूपमा अघि बढाइएको कारबाहीलाई कांग्रेसले समर्थन गर्ने स्पष्ट पार्दै त्यसका नाममा सम्पूर्ण निजी क्षेत्रलाई ठगको दृष्टिले हेर्न नहुने बताएका हुन्।

    थापाले सुशासन कायम गर्न र आर्थिक अपराधमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउने विषयमा कांग्रेस सरकारको साथमा रहेको उल्लेख गरे। उनले व्यक्ति, नेता वा नातागोताको आधारमा होइन, कानुनको आधारमा कारबाही हुनुपर्ने धारणा व्यक्त गरे।

    तर सरकारले अपनाएको कार्यशैलीका कारण निजी क्षेत्र त्रसित बनेको उनको आरोप छ। निर्माण व्यवसायी, बैंकर तथा अन्य निजी क्षेत्रका व्यवसायीलाई शंकाको दृष्टिले हेर्ने प्रवृत्तिले लगानी र उद्यमशीलतामा नकारात्मक असर परेको उनले बताए।

    उनका अनुसार मुलुकमा भयको वातावरण सिर्जना भएकाले नयाँ व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरू पनि पछि हटिरहेका छन्। सरकारले न्यून, मध्यम तथा ठूला लगानीकर्ता कसैमा पनि आत्मविश्वास जगाउन नसकेको भन्दै उनले सरकारको आर्थिक नीति र कार्यशैलीप्रति प्रश्न उठाए।

    थापाले निजी क्षेत्रलाई साझेदारका रूपमा विश्वास गर्ने वातावरण निर्माण नगरेसम्म आर्थिक गतिविधि विस्तार हुन नसक्ने र त्यसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने चेतावनी पनि दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend