२०८३ श्रावण ११ गते सोमवार

images
  • समाचार
  • सुन्दरी जलबाट ३० किलो गाँजासहित २...

सुन्दरी जलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

सुन्दरी जलबाट ३० किलो गाँजासहित २ जना पक्राउ

आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ। काठमाडौँको सुन्दरीजलबाट ३० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–३ हैबुङ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका २ आलापोट डेरा गरी बस्ने २६ वर्षीय अवतार सिंह तामाङ र सुन्दरी जल बस्ने ५४ वर्षीय अम्बक तामाङलाई पक्राउ गरिएको हो ।

    बा ८३ प ४३७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट गए राति एक बजे गाँजा बरामद भएको प्रहरीको भनाइ छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend