कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले रास्वापा सभापति रवि लामिछाने विरुद्ध तीन कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।
सहकारी ठगी एवम् सङ्गठित अपराधसम्बन्धी अनुसन्धानमा हिरासतमा रहेका रास्वापाका सभापति तथा गृह मन्त्री रवि लामिछानेको सहकारी बचत अपचलन अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कस्कीले आज सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।
प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ । अनुसन्धानको क्रममा हालसम्म १४ जना पक्राउ परिसकेका छन् भने अन्यलाई फरार प्रतिवादीका रूपमा सूचीबद्ध गर्न सिफारिस गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले रवि लामिछाने ३ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको हो ।
गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएका लामिछाने त्यस यता प्रहरी हिरासतमा छन्। उनलाई अनुसन्धानकै क्रममा रुपन्देही, काठमाडौँ र चितवन समेत लगेर बयान लिइएको छ ।
