२०८३ भाद्र २७ गते शनिवार

images
  • समाचार
  • रसुवामा बाढी : उद्धार तथा राहत...

रसुवामा बाढी : उद्धार तथा राहत कार्य तीव्र, प्रधानमन्त्रीको तत्काल निर्देशन

रसुवामा बाढी : उद्धार तथा राहत कार्य तीव्र, प्रधानमन्त्रीको तत्काल निर्देशन

बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ। रसुवा जिल्लाका स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान अचानक आएको बाढीपछि सरकारले तत्काल उद्धार, खोज र राहतका काम तीव्र पारेको छ। घटनापछि सरकारले जोखिमयुक्त तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयवसीलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकेको छ। साथै बाढीबाट थप जोखिममा पर्न सक्ने अन्य बासन्दाहरूलाई पनि सुरक्षित ठाउँमा सर निरन्तर सूचना दिइरहेको जनाइएको छ।

    यसैगरी पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक खण्ड र मुग्लिन–नारायणगढ सडकमा हाल यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

    प्रधानमन्त्री बालेन्द्र शाहले दिएको निर्देशनसँगै विभन्न सरोकारवाला निकायहरू सक्रिय भई बाढीग्रस्त क्षेत्रमा उद्धार र खोजी कार्यमा जुटेका छन्। सम्बन्धित जिल्लाको विपद् प्राधिकरणले पन आफ्नो गतिविधि विस्तार गरिसकेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासनका टोलीहरू घटनास्थलमा परिचालित छन् भने नेपाली सेना पनि आफ्नो तर्फबाट उद्धार अभियानमा संलग् भएको छ।

    प्रधानमन्त्रीको निर्देशनअनुसार सम्भावित उद्धार र राहतका लगि मेडिकल टिमसहित नेपाली सेनाका दुई हेलिकप्टर पहिले न प्रभावित क्षेत्रतर्फ खटाइसकिएको छ। यसका अतिरिक्त आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी निजी क्षेत्रका हेलिकप्टरहरूलाई पनि तयारी अवस्थाम राखिएको छ।

    घटनाको गम्भीरतालाई मध्यनजर गर्दै सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ। यसका साथै प्रधानमन्त्री शाहले ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ, जसमा थप निर्णयहरू हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend