२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • स्रोत नखुलेको एक करोड बढीको सुनचाँदी...

स्रोत नखुलेको एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ

स्रोत नखुलेको एक करोड बढीको सुनचाँदी र नगदसहित तीन पक्राउ

सहर्ष न्युज
आइतवार, मंसिर २३ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर २३ २०८१
  • कैलाली । कैलालीको भजनि नगरपालिका– ५ स्थित कौवाखेडा सीमाबाट एक करोड रुपियाँभन्दा बढीको सुनचाँदी, नगद र अन्य सामानसहित सशस्त्र प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

    सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरीले शनिबार  नियन्त्रणमा लिएको हो ।

    Gold & Cash Arrest.jpg

    सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई  शङ्का लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार पाँच सय ६१ रुपियाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार चार सय ६० रुपियाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका छ लाख ११ हजार छ सय २५  भारतीय रुपियाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडासहित नियन्त्रणमा लिएको जानकारी दिए ।

    उल्लेखित सामानको स्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुनचाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend