धरान । सुनसरीको धरानमा गाँजा तस्करीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले ६९० किलो गाँजासहितको २ वटा गाडी नियन्त्रणमा लिएको छ । उक्त गाडी र गाँजा नियन्त्रणमा लिनका लागि प्रहरीले धरानमा चार राउण्ड गोली चलाएरको थियो ।
्दुई गाडीका चालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने अर्का फरार भएको प्रहरीले जानकारी दिएको छ ।
धनकुटाबाट गाँजा लिएर धरान तर्फ आउँदै गरेको गाडी रोकेर चेकजाँच गर्ने क्रममा प्रहरीले गोली चलाएको सुनसरी प्रहरीको भनाई छ ।
