२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम...

पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु, ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने

पशुपतिनाथमा आजदेखि एक महिने बृहत् कोटीहोम महायज्ञ सुरु, ख्यातिप्राप्त कथा वाचकबाट आशीर्वचन तथा कथा प्रवचन हुने

सहर्ष न्युज
मंगलवार, श्रावण १ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण १ २०८१
  • सहर्ष न्युज, काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा आजदेखि बृहत् कोटीहोम महायज्ञ सुरु हुँदैछ।

    मानव सेवा फाउण्डेशनलगायत झण्डै एक दर्जन सङ्घसंस्थाको आयोजनामा हुने लागेको एक महिने कोटीहोम महायज्ञको तयारी पूरा भएको आयोजकले जनाएका छन् ।

    यसैगरी महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभालगायतले कथावाचन गर्नेछन् ।

    विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिक मन्त्रसहित अनवरत रूपमा नियमित हवन,भन्दा बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, ज्येष्ठ नागरिकको सम्मान, ताण्डुलाचल चामलको पर्वत निर्माणलगायतको कार्यक्रम पनि नियमित रूपमा सञ्चालन हुने फाउण्डेशनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend