२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • कोशीमा पहिचान पक्षधरले फेरि आन्दोलन गर्ने...

कोशीमा पहिचान पक्षधरले फेरि आन्दोलन गर्ने घोषणा, चौतर्फी घेरामा ओली सरकार

कोशीमा पहिचान पक्षधरले फेरि आन्दोलन गर्ने घोषणा, चौतर्फी घेरामा ओली सरकार

सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
सहर्ष न्युज
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौँ । कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो दिवसको रूपमा मनाउने भएको छ ।

    समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामांकन प्रक्रिया सुरु नगरे प्रदेशसभा घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

    तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

    सोमबार पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेशसभामा कोशी नामको पक्षमा मतदान गर्ने सांसदलाई सार्वजनिक कार्यक्रम सहभागी नगराउन र गराए प्रतिरोध गर्ने घोषणा गरेको छ ।

    प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि आन्दोलनरत पक्षले माग गरेका छन् । ‘कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरूलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेछ’, संयुक्त संघर्ष समितिले भनेको छ ।

    यसैबीच सरकारका विपक्षमा माओवादी केन्द्र, रास्वपा, दुर्गा प्रसाई नेतृत्वको आन्दोलन चलिरहेका छन् । पहिचान पक्षधरको समेत यो आन्दोलन चौतर्फी घेरामा ओली सरकार परेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend