२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • बिहानसम्म कुरा गरिरहेका पूर्व सभामुख दमननाथ...

बिहानसम्म कुरा गरिरहेका पूर्व सभामुख दमननाथ ढुङ्गानाको प्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन

बिहानसम्म कुरा गरिरहेका पूर्व सभामुख दमननाथ ढुङ्गानाको प्रन्टलाइन अस्पतालमा उपचारको क्रममा निधन

सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
सहर्ष न्युज
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको परिवारजनले जानकारी दिएको छ ।

    ढुङ्गाना वरिष्ठ अधिवक्ता हुन्  उनी  २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । उनले  २०४८ देखि २०५१ सम्म सभामुख चलाएका थिए  ।

    वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना प्रजातन्त्र स्थापनापछिका पहिलो सभामुख हुन्।

    विसं २०४६-४७ सालको आन्दोलनताका नेपाली कांग्रेसको प्रवक्ता रहेका ढुङ्गाना २०४८ सालको निर्वाचनमा काठमाण्डूबाट निर्वाचित हुने कांग्रेसका एक्लो सांसद थिए।

    काठमाण्डू क्षेत्र नम्बर २ बाट संसद्‌मा निर्वाचित भएका उनी सर्वसम्मत सभामुख चयन भएका थिए।

    पहिलो सभामुखका लागि तत्कालीन नेकपा एमालेका झलनाथ खनालले पनि उम्मेदवारी दिएका थिए।

    तर मदन भण्डारी र भरतमोहन अधिकारी प्रस्तावक र समर्थक रहेको खनालको उम्मेदवारी पछि फिर्ता लिइएको थियो।

    प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    यसैबिच, प्रधानमन्त्री के.पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्  । प्रधानमन्त्री ओली सामाजिक सञ्जालमार्फत भन्छन् , ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend