ताप्लेजुङ। पाथीभरा क्षेत्रमा केबुलकार निर्माण सम्बन्धमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबुलकार निर्माणको विषयलाई लिएर ढुङ्गा हानाहान भएको हो । ताप्लेजुङमा स्थानीयबीच दोहोरो झडप भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार बनाउने विषयमा बनाउन दिने र नदिने पक्षबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रममा केबुलकार निर्माण पक्ष र विराेध गर्ने पक्षबिच ढुङ्गा हानाहान भएको हो ।
दुई पक्षबिच झडप हुँदा ढुङ्गा लागेर सुरक्षाकर्मीसमेत सामान्य घाइते भएका छन् ।
निर्माण क्षेत्रमा एक्साभेटर मेशिन लैजाने क्रममा झडप भएको हो । केही समयको झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो । केबुलकार निर्माण स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालित छन् ।
काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केवलकार निर्माणका लागि सरकारले अनुमति दिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको मन्दिर पुग्न पैदलयात्रीले जाँदा र फर्किंदा १० किलोमिटर हिड्नुपर्छ ।
पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको व्यापारिक घराना आइएमई समूह अन्तर्गतको कम्पनी हो ।
