२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • महानगर प्रहरी बलद्वारा भारतबाट ल्याइएको ठूलो...

महानगर प्रहरी बलद्वारा भारतबाट ल्याइएको ठूलो परिमाणमा फूल पक्राउ, नेपाली फूललाई अवसर

महानगर प्रहरी बलद्वारा भारतबाट ल्याइएको ठूलो परिमाणमा फूल पक्राउ, नेपाली फूललाई अवसर

सहर्ष न्युज
शुक्रवार, कार्तिक १६ २०८१
सहर्ष न्युज
शुक्रवार, कार्तिक १६ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी बलले ठूलो परिमाणमा सयपत्री फूल बरामद गरेको छ । भारतबाट अबैध रुपमा भित्र्याइएको उक्त फूल काठमाडौंको जयबागेश्वरीबाट पक्राउ गरेको हो ।

    भन्सार छली ल्याएको उक्त फूल भारतको कोलकोत्ताबाट बीरगञ्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

    भारतबाट त्यसरी फूल ल्याउने वीरगंजको डी.के. ट्रेडर्स भएको खुलेको छ । फूलसँगै पक्राउ गरिएका एक व्यक्तिले उक्त ट्रेडर्सको तर्फबाट मनिष नामका व्यक्तिले फूल नेपालमा मगाएका हुन् । यसअघि पनि त्यसरी नै भन्सार छलि गरी नियमित फूल ल्याएर विक्री वितरण गर्दै आएको पनि पक्राउ परेका व्यक्तिले खुलाएका छन् ।

    स्मरणीयत के छ भने भारतको कोलकत्ताबाट वीरगंज भन्सार छलेर ल्याइएको ठूलो परिणामको उक्त फूल काठमाडौं आइपुग्दासम्म कही कसैले पनि पक्राउ गरिएको थिएन । महानगर प्रहरीले सयम सापेक्ष काठमाडौं भित्र्याइने सबै आयतित सामानको चेकजाँच गर्ने गरेको छ । त्यसैक्रममा सो फूल पनि पक्राउ परेको हो ।

    संयोग नै मान्नुपर्छ महानगर प्रहरीले केही ढिला गरेको मात्रै भए भन्सार छलि गरी ल्याएका फूलहरु उपत्यकाको बजारमा छ्याप्छ्याप्ती पुगिसकेका हुन्थे ।

    भारतीय अबैध फूल पक्राउ परेपछि नेपाली फूलले बजारमा अवसर पाएको महानगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेले बताए । महानगरभित्र हुने यस्ता अबैध क्रियाकलापमा महानगरको खबरदारी जारी रहेको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend