२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • ४० जना सहसचिवको सरुवा, अब्बल प्रशासक...

४० जना सहसचिवको सरुवा, अब्बल प्रशासक ज्ञवाली उद्योग विभागको महानिर्देशक बन्ने संभावना

४० जना सहसचिवको सरुवा, अब्बल प्रशासक ज्ञवाली उद्योग विभागको महानिर्देशक बन्ने संभावना

सहर्ष न्युज
सोमवार, कार्तिक ५ २०८१
सहर्ष न्युज
सोमवार, कार्तिक ५ २०८१
  • काठमाडौं । सरकारले एकैपटक ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

    सरकारले योजना आयोगका अब्बल सहसचिव राजेश्वर ज्ञवालीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ । हाल उद्योग मन्त्रालयमा पठाइएका ज्ञवालीलाई उद्योग विभागको महानिर्देशक बनाउने संभावना रहेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । विभागका महानिर्देशक यज्ञराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
    त्यस्तै भूमि व्यवस्थापन तथा अभिलेख विभागमा महानिर्देशक कृष्णप्रसाद सापकोटालाई पनि राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।
    त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको छ ।

    सह–सचिवहरु तोयानारायण सुवेदी, दीर्घबहादुर पोखरेल, विनोदबहादुर खड्कालाई गृह मन्त्रालयमा ल्याइएको छ 
    जितेन्द्र बस्नेत गृह मन्त्रालयबाट उद्योग मन्त्रालयमै पुगेका छन्। उद्योग मन्त्रालयका जीवलाल भुसाललाई श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

    कोषहरि निरौला गृह मन्त्रालयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी पाएका छन् । सञ्चार मन्त्रालयमा बाबुराम भण्डारीलाई लुम्बिनीको मन्त्रिपरिषद कार्यालयमा पठाइएको छ ।

    रुद्रसिंह तामाङलाई अतिरिक्त समूहबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend