सहर्ष न्युज, काठमाडौं । काठमाडौं सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टरहरु आन्दोलनरत छन् । काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । विगत ५ दिन देखि उनीहरु कलेज प्रशासन विरुद्द आन्दोलनमा रहेका छन् । काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरुले कलेज प्रशासनले अतिरिक्त शुल्क फिर्ता गर्न आन्दोलन गरेका हुन् ।
कलेज प्रशासनले विद्यार्थीबाट प्रति विद्यार्थी ४ लाख ९० हजार शुल्क लिएको थियो । कलेजले २०७५ र २०७६ का व्याजबाट नेपाली विद्यार्थीहरुको ४० जनाको ४ लाख ९० हजारका दरले २ करोड ४५ लाख र ५० विदेशी विद्यार्थीबाट प्रति विद्यार्थी ३ लाख १६ हजार ९६० का दरले १ करोड २६ लाख ८७ हजार ४०० रुपैयाँ शुल्क लिएको डाक्टर मनिषा खातुन बताइन् । डाक्टर खातुनले भनिन– ‘कुल ९० जना विद्यार्थीहरुबाट जम्मा ३ करोड ७१लाख ७८ हजार ४ सय रुपैयाँ फिर्ता गर्नुपर्छ ।’ त्यही रकम फिर्ता गर्न विगत ५ दिनदेखि डाक्टरहरु आन्दोलनरत रहेको उनले बताइन् ।
आफ्नो पैसा फिर्ताको मूख्य माग पुरा नहुन्जेल आन्दोलनमै रहने उनले जानकारी दिइन् ।
केएमसी कलेजका इन्टर्न इन्टर्नसीप डाक्टर हृदय राज संग्रौलाले आन्दोलनका तीन ओटा माग रहेको बताए । उनी भन्छन्,– ‘हाम्रो माग मूख्यरुपमा तीन ओटा रहेको छ । इन्टर्नसीप शुल्क हामीलाई भर्नाको समयमा २ लाख रुपैयाँ लिइएको छ । सुरुमा भर्ना गर्दा लिएको इन्टर्नसीप शुल्क जुन हो । त्यो हामीले इन्टर्न शुल्क हाम्रो कुरा हामीले इन्टर्नसीप शुल्क फिर्ता पाउनुपर्यो पहिलो माग रहेको हो ।”
। दोस्रो माग हामीलाई अन्य शुल्कहरू लिइएको छ । इन्टर्नसीप शुल्क, इन्टर्नल परीक्षा शुल्क, के.यू. रजिष्ट्रेसन शुल्क कम्युनिटी फिल्ड भिजिट, एनएमसी रजिष्ट्रेसन शुल्क लगायतका जम्मा ४ लाख ९० हजार रुपैयाँ अतिरिक्त शुल्क लिइएको छ । यी सबै फिर्ता गर्नु हाम्रो आन्दोलनको मूख्य कारण रहेको डाक्टर संग्रौलाले जानकारी दिए ।
आन्दोलनरत विद्यार्थिहरुका अनुसार ‘ यी सबै शुल्कहरुलाई राष्ट्रिय चिकित्सा आयोगबाट २०७५ को चिकित्सा शिक्षा ऐनको कानुनहरुका दफा बमोजिम दफा २ ख अनुसार माथिका अतिरिक्त सबै शुल्कहरु ट्युसन फिमा लगाएको छ । हामीले डाक्टर पढ्दा ३८ लाख ५० हजार बुझाएका छौ । पुनः माथिका शिर्षकमा लिन नमिल्ने चिकित्सा आयोगले तोकेको छ । यसलाई अतिरिक्त शुल्क भनेर व्याख्या गरेको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले अतिरिक्त शुल्कहरुलाई २०७६ मंसिर पछिका अतिरिक्त शुल्कहरुलाई क्रमशः गर्दै जाने निर्णय दिइएको छ । उक्त बैठकमा प्राइभेट मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, स्वास्थ्य मन्त्रालयको मन्त्रीहरुबाट बैठक पारित गरिएको निर्णय हो । हामीले बैठक र कानुनको व्याख्या अनुसार माग राखेको हौ ।
‘कलेजलाई यो निर्णय देखाउदा कलेज प्रशासनले हामीलाई यो निर्णय मान्य नभएको बताउदै आएको छ । अतिरिक्त शुल्क पुरानो व्यवस्थापनले लिइएको हुदाँ । हामी नयाँ व्यवस्थापनले यो दिन अतिरिक्त शुल्क फिर्ता दिन नसक्ने कुरा जिकिर गरेको आन्दोलनरत विद्यार्थी संग्रौलाले बताए । हामी २०७५ र २०७६ को व्याज सबै पिडित भएका छौ । यो माग ९० जना विद्यार्थीहरु माग हो । प्रशासनले हाम्रो माग विगठन गर्नका लागि अनेक क्रियाकलाप विभिन्न षडयन्त्रहरु रचिएको विद्यार्थीहरुको आरोप छ । कलेज प्रशासनले वा वाहिरबाट अन्य व्यक्ति ल्याएर हुलदंगा गर्ने १६ जना मान्छे आएर हामीसंग झगडा गर्न खोज्दै हुनुहुन्थ्यो ।
प्रशासनले ढलको पानी खोल्दिने लगायत अनेक दुःखहरु प्रशासनले गरेको विद्यार्थीहरुको आरोप छ । जबसम्म हाम्रो माग पुरा हुदैन् तबसम्म हामी यहाँ डटेर बस्नेछौ ।’ उनले भने ।
काठमाडौं मेडिकल कलेजका महाप्रबन्धक नारायण दाहालले विद्यार्थीहरुको अतिरिक्त शुल्कको विषयमा आन्दोलनरत विद्यार्थीहरुसंग वार्ता हुदै गरेको जानकारी दिए ।
“हाम्रो वार्ता हिजोमात्र कात्तिक ०४ गते भएको हो । आज वर्ता भएको छैन् । हिजो उहाँहरुले हामीलाई नेगोसियट गर्न खोज्नुभएको हो । हाम्रो प्रति विद्यार्थी ४ लाख ९० हजार शुल्क अतिरिक्त शुल्क मध्ये दुई लाखमा कुरा सेटलमेन्ट गर्न प्रशासनले प्रस्ताव गरेको थियो भने आन्दोलनरत डाक्टरहरुले आफ्नो अधिकार मागेको हौ । हामीलाई पूरै ४ लाख ९० हजार शुल्क फिर्ता मागेका हौ ।' -डा. खातुनले भनिन ।
प्रशासनले हाम्रो कुरा नमानेकाले हाम्रो आन्दोलन जारी रहेको आन्दोलनरत इन्टर्न डाक्टरहरुको भनाई छ ।
