२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाज
  • कर्णालीका ३३ ठूला आयोजना अलपत्र, चालु...

कर्णालीका ३३ ठूला आयोजना अलपत्र, चालु आर्थिक बर्षमा ९४.८० किलोमिटर सडक कालोपत्र

कर्णालीका ३३ ठूला आयोजना अलपत्र, चालु आर्थिक बर्षमा ९४.८० किलोमिटर सडक कालोपत्र

सहर्ष न्युज
बिहिवार, आश्विन २४ २०८१
सहर्ष न्युज
बिहिवार, आश्विन २४ २०८१
  • काठमाडौं । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ठेक्का लगाएका ३३ आयोजना निर्माण व्यवसायीले समयमै काम नगर्दा अलपत्र छन् ।  जाजरकोटमा पाँच, डोल्पामा एक, कालिकोटमा चार, दैलेखमा पाँच, सुर्खेतमा सात, हुम्लामा दुई, जुम्लामा एक, मुगुमा चार, रुकुमपश्चिममा दुई र सल्ल्यानमा दुई गरी ३३ वटा आयोजना अलपत्र रहेको सूचना अधिकारी प्रविण कार्कीका बताए ।

    बहुवर्षीय तथा स्रोत सुनिश्चितता भएका आयोजना अलपत्र परे पनि प्रदेश सरकार बेखबर बन्दै आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले गुनासो गरे ।

    आर्थिक वर्ष २०८०/८१ मा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले ९४.८० किलोमिटर सडक कालोपत्र गरेको छ । सबैभन्दा बढी सुर्खेतमा ३०.३३ किमी, दैलेखमा ९.६, जुम्लामा २.६३, सल्यानमा १७.३ किमी, रुकुमपश्चिममा २० मिटर, कालिकोटमा १.१६६ किमी, मुगुमा ०.३ मिटर, जाजरकोटमा ०.४४ किमी र सडक कार्यालयले १२.४ किलोमिटर गरी जम्मा ९४.८० किलोमिटर सडकमा पिच गरिएको छ । हुम्ला, डोल्पामा पक्की सडक निर्माण भएको छैन । कर्णालीका १० जिल्लामा १८६.६ किलोमिटर ग्राभेल सडक निर्माण भएको सूचना अधिकारी कार्कीले जानकारी दिए ।

    हालसम्म अठारवटा सडकमा पुल निर्माण भएको बताएको छ । सुर्खेतमा सबैभन्दा बढी पुल निर्माणका काम भएका छन्भने कालिकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोटमा त्यो शून्यप्रायः छ । तीन सय ८४ वटा साना तथा मझौला आयोजना सम्पन्न भएकामा ८८ वटाको काम जारी रहेको र ६५ वटा कार्यान्वन हुन बाँकी छ । नसकेकामा राखिएको छ । उक्त मन्त्रालयका अनुसार ३० लाखभन्दा कम लागतका ९६ वटा योजनामध्ये नौवटा सम्पन्न भएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend