२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा गाँजा तस्करी,...

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा गाँजा तस्करी, ३९२ किलो गाजासहित दुईजना पक्राउ

पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा गाँजा तस्करी, ३९२ किलो गाजासहित दुईजना पक्राउ

सहर्ष न्युज
मंगलवार, आश्विन २२ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । अबैध सामानको तस्करी सोचेभन्दा फरक माध्यमबाट पनि हुँदो रहेछ भन्ने नयाँ उदाहरण फेला परेको छ । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा अबैध गाँजा तस्करी गर्दै तस्करले नयाँ प्रमाण प्रस्तुत गरेका छन् । प्राप्त समाचार अनुसार मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरुले प्रहरीले सार्वजानिक समेत गरेको छ ।

    विशेष सूचनाको आधारमा पालुङबाट वीरगञ्चतर्फ जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका ट्याङ्कर चालक २६ वर्ष रोशन पुरी र सहचालक २२ वर्षका धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

    ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जानकारी दियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend