२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • सकस सडक यात्राका बीच ७ लाखले...

सकस सडक यात्राका बीच ७ लाखले छाडे काठमाडौं उपत्यका

सकस सडक यात्राका बीच ७ लाखले छाडे काठमाडौं उपत्यका

सहर्ष न्युज
मंगलवार, आश्विन २२ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन २२ २०८१
  • काठमाडौं । दशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या बढेको छ । असोज २१ गते दिउँसो सम्म काठमाडौं उपत्यकाबाट करिब ७ लाख मान्छेहरुले काठमाडौं उपत्यका छाडेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरेले ई- आर्थिकलाई जानकारी दिए ।

    काठमाडौं उपत्यकाबाट दैनिक ८० देखि ८२ हजारले उपत्यका छाडने गरेको प्रवक्ता घिमिरेले बताए । असोज २० गते ५ लाख ३६ हजार यात्रुहरुले काठमाडौं उपत्यका छाडेका थिए । काठमाडौं उपत्यका छाड्नेको संख्या हिजोबाट बढ्न थालेको हो उनले भने । हिजोको तुलनामा आज यात्रुहरुको संख्या बढ्दै गएको छ भने तथ्याङक हेर्दा आज लगभग १ लाख पुग्न सक्ने वरिष्ठ उपरीक्षक घिमिरे भन्छन् ।

    अहिले दैनिक नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छाड्नेको संख्या ८० देखी ८२ हजार रहेको नेपाल प्रहरीका नायव महानिरीक्षक दानबहादुर कार्कीले बताए । हवाइ तथा स्थल (सवारीसाधनबाट ) गरेर लगभग ७ लाखभन्दा माथिले उपत्यका छाडेका छन् । यसपटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    अघिल्लो दुई आर्थिक वर्षमा कोरोनालगायत कारणले दसैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको संख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैँका अवसरमा घर फर्कनेको संख्या २० लाखको हाराहारीमा रहेको तथ्याङ्क छ ।

    दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका २१ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्य स्थल जान सवारी साधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्ने छ । सवारी चाप र भिडभाडका कारण हुन सक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता घिमिरे जानकारी दिए ।

    यात्रा गर्दा केही पनि नठगीयुन हाम्रो उद्धेश्य हो । नेपाल प्रहरीले बढी भाडा नलियोस् भनेर चेकचाँज गर्न सदापोसका प्रहरीहरु परिचालन गरेको छ । त्यस्ता बढीभाडा लिनेहरु मध्ये हामीले १० जनालाई नियन्त्रण लिएका छौ । जनताहरुलाई सहज किसीमले सूचकहरु पाउन भनेर हामी काम गरिरहेका छौ । बसहरु नियमित चेकचाँज गर्ने । टिकट काट्दा नठगिउन भनेर काठमाडौं उपत्यकाभरीमा २१ वटा हेल्प डेस्क व्यवस्था गरेका छौ, उक्त डेस्कमा ट्राफिक प्रहरी, सामुदायिक प्रहरीङ उपभोक्ता समिति र यातायात व्यवसायी समिततिका सदस्यहरु रहेर आम नागरिकलाई सूरक्षित यात्रा गर्ने सहजिकरण गरेका छौ । धेरै संख्यामा सूरक्षाकर्मीहरु परिचालित गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका वरिष्ठ उपरीक्षक बिनोद घिमिरे बताउछन् ।

    महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुन सक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दसैँका लागि पर्याप्त सवारी साधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारी साधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend