हेटौंडा । प्रहरीले हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामत गरेको छ । उक्त परिमाणको सुनसहित हेटौंडा प्रहरीले दुई जना भारतीयलाई पनि पक्राउ गरेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको हो ।
बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
ती सुन सहित ती दुई भारतीयलाई आज शनिबार बिहान ३ बजेको समय पक्राउ गरेको थियो । प्रहरीले पक्राउ परेका भारतीयको पहिचान खुलाएको छैन् ।
