२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • मोबाइल भ्यानको प्रयोग गरेर चाडपर्व लक्षित...

मोबाइल भ्यानको प्रयोग गरेर चाडपर्व लक्षित खाद्य बजार अनुगमन

मोबाइल भ्यानको प्रयोग गरेर चाडपर्व लक्षित खाद्य बजार अनुगमन

सहर्ष न्युज
शुक्रवार, आश्विन १८ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन १८ २०८१
  • काठमाडौँ । मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य बजार अनुगमन गर्न सुरु गरेको जानकारी दिनुभयो । 

    विभागले असोज १७ गते काठमाडौँ उपत्यकाभित्र उक्त अनुगमन गरेको थियो। खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अन्तर्गत बजारमा रहेका खाद्य पदार्थका नमूनाको प्रारम्भिक चेकजाँच तथा कारबाही गरिएको उहाँले जानकारी दिनुभयो। 

    पेप्सीकोलामा रहेका काभ्रे डेरी, एबी टिपिकल थकाली, गोलोक डेरी, अनुपम डेरी सूर्यमुखी डेरी पसलको अनुगमन गरेको थियो।  

    उक्त अनुगमनमा काभ्रेडेरी, गोलोक डेरी, अनुप डेरीले कुनै पनि कैफियत नगरेको पुष्टि भएको उहाँले जानकारी दिनुभयो।

    उहाँका अनुसार एबी टिपिकल थकाली बेकरीले सर्टेनिङगको प्रयोग गरेको पाइएको छ भने सूर्यमुखी डेरी पसललेले प्रशोधित दूधको नमूना चेकजाँच गर्दा कैफियत गरेको पुष्टि भएको छ। 

    एबी टिपिकल थकाली बेकरी सर्टेनिङको प्रयोग नगर्न निर्देशन दिएको महर्जनले जानकारी दिनुभयो। त्यसैगरी, सूर्यमुखी डेरी पसललाई प्रशोधित दूधको नमूनाको विस्तृत परीक्षणको लागि नमूना संकलन गरी प्रयोगशाला पठाउन निर्देशन दिएको उहाँको भनाइ छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend