२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • सुन तस्करीको नयाँ तरिका : पैतालामा...

सुन तस्करीको नयाँ तरिका : पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक सर्राफ पक्राउ

सुन तस्करीको नयाँ तरिका : पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक सर्राफ पक्राउ

सहर्ष न्युज
मंगलवार, आश्विन १५ २०८१
सहर्ष न्युज
मंगलवार, आश्विन १५ २०८१
  •  

    हेटौंडा । प्रहरीले सुन तस्करीका नयाँ तरिका अपनाउँदै पैतालामा टेपले बेरेर ल्याएको फेला पारेको छ । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रण लिएसँगै उक्त नयाँ तरिका फेला पारेको हो । 

    हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ज ६९६ नं.को यात्रुवाहक विद्युतीय माइक्रोलाई जाँच गर्ने क्रममा उक्त माइक्रोमा सवार भारतको बिहार राज्य फूलबरिया पूर्वी चम्पारण बरेवाका  सुजित सर्राफलाई प्रहरीले सुनसहित नियन्त्रणमा लिएको हो । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्राफमाथि शङ्का लागि निजको शरीर तथा झोला खानतलासी गर्दा निजले आफ्नो खुट्टाको पैतलाको भागमा कालो टेपले बेरी लुकाई छिपाई राखेको सुन जस्तो देखिने पहेँलो धातु फेला परेको जनाएको छ । 

    प्रहरीले निज सर्राफको साथबाट बिस्कुटको आकारको टुक्रा चार थान, बिस्कुटको सानो टुक्रा एक थान, सिक्री एक थान गरी जम्मा ४९० ग्राम ८८० मिलिग्राम सुन बरामद गरेको छ । सर्राफको साथबाट बरामद गरिएको बिलबिजक नभएको सुन मङ्गलबारको बजार भाउ अनुसार ६७ लाख ३४ हजार ५४४ रुपियाँ रहेको प्रहरीको भनाइ छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend