२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २०४...

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २०४ पुग्दा वेपत्ता हुनेको संख्या ३३, तीन दिन राष्ट्रिय शोक घोषणा

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २०४ पुग्दा वेपत्ता हुनेको संख्या ३३, तीन दिन राष्ट्रिय शोक घोषणा

सहर्ष न्युज
सोमवार, आश्विन १४ २०८१
सहर्ष न्युज
सोमवार, आश्विन १४ २०८१
  • सहर्ष न्युज, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । सोमबार दिउँसोसम्म दुई सय चार जना पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

    बाढी पहिरोमा परी वेपत्ता हुनेको संख्या भने ३३ रहेको प्रहरीले जानकारी दिएको छ ।

    त्यसैगरी ८९ जना घाइते र तीन हजार ४०१ जनाको सकुशल उद्धार गरिएको छ ।

    यसैबीच सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । अमेरिका भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको  बसेको मन्त्रिपरिषद बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय शोकको समयमा सरकारी कार्यालयहरुको झण्डा आधा झुकाइनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend