२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुले जलसतह...

काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुले जलसतह नाघ्यो, कुलेखानी भरिनलाग्दा सतर्कता अपनाउन आग्रह

काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुले जलसतह नाघ्यो, कुलेखानी भरिनलाग्दा सतर्कता अपनाउन आग्रह

सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन ११ २०८१
  • काठमाडौं । काठमाडौं उपत्यकामा बिहानबाट परेको वर्षाले काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुले जलसतह नागेका छन्। अविरल वर्षा कारण  काठमाडौँ उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले बढेको जल तथा मौसम विज्ञानले जनाएको छ ।

    उपत्यकास्थित बागमती नदीको खोकना, मनोहरा, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमतीले गोंगबु जलमापन केन्द्रमा सतहतहपार गरेको  मौसम विभागले शुक्रबार दिउँसो सूचना जारी गर्दै जानकारी दिएको छ । बिहिबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने विभागले जनाएको  छ  ।

    साथै, काठमाडौं उपत्यका साथै देशभर वर्षाले विभिन्न क्षेत्रका नदीहरुमा बहाव बढेको छ । मकवानपुर स्थित  कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि  कुलेखानी सतर्कता अपनाउन कुलेखानी प्रथम जलविद्युत् केन्द्रले  जनाएको छ । वर्षा निरन्तर कारण  कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत विचार गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।

    कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवम् स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ सूचनामा भनिएको छ । साथै मकवानपुर जिल्ला विपत् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूले समेत सोही अनुसार सुरक्षित स्थानको पूर्वतयारी गर्न सूचनामा अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend