२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • राष्ट्रपतिसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त...

राष्ट्रपतिसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश

सहर्ष न्युज
शुक्रवार, आश्विन ४ २०८१
सहर्ष न्युज
शुक्रवार, आश्विन ४ २०८१
  •  

    राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्त्वपूर्ण रहेको बताउनुभयो ।

    उहाँले वित्तीय सङ्घीयता अन्तर्गत राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान, आन्तरिक ऋणको सीमा, तीनै तहको सरकारको खर्च जिम्मेवारी पूरा गर्ने तथा राजस्व असुलीमा सुधार गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिस गर्नेलगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढङ्गले काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    यसैगरी, राष्ट्रपतिसमक्ष लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend