२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • चार जना सचिवको सरुवा, ऊर्जा सचिवमा...

चार जना सचिवको सरुवा, ऊर्जा सचिवमा सुरेश आचार्य

चार जना सचिवको सरुवा, ऊर्जा सचिवमा सुरेश आचार्य

सहर्ष न्युज
बिहिवार, आश्विन ३ २०८१
सहर्ष न्युज
बिहिवार, आश्विन ३ २०८१
  • काठमाडौं । सरकारले चार जना सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवहरूको हेरफेर गरेको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको हो ।

    त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल (ऊर्जा)लाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र त्यहाँका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (ऊर्जा) मा लगिएको छ ।

    बैठकले निमित्त सचिव कमल पोखरेललाई सचिवमा बढुवा गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend