२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • १४ किलो अवैध लागूऔषध चरेशसहित तामाङद्वय...

१४ किलो अवैध लागूऔषध चरेशसहित तामाङद्वय पक्राउ

१४ किलो अवैध लागूऔषध चरेशसहित तामाङद्वय पक्राउ

सहर्ष न्युज
आइतवार, भाद्र २३ २०८१
सहर्ष न्युज
आइतवार, भाद्र २३ २०८१
  • हेटौंडा । मकवानपुरबाट १४ किलो अवैध लागूऔषध चरेशसहित दुईजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ का ४२ वर्षीय केदार तामाङ र सोही स्थानका ३६ वर्षीय सुकमान तामाङ रहेका छन्।

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ मा प्रहरी चौकी रातोमाटे हेटौंडाको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई चरेशसहित पक्राउ गरेको हो।

    हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ६०६१ नम्बरको बस चेकिङ गर्दा उनीहरूले बोकेको झोलाबाट १४ किलो चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

    शङ्कास्पद लागेपछि झोला खानतलासी गर्दा चरेश भेटिएको भण्डारीले बताए। केदार र सुकमान दुवैलाई जिल्ला अदालत मकवानपुरबाट दश दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जनाए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend