सहर्ष न्युज, काठमाडौं । तस्करीको सुनले गर्दा सरकारी तथ्यांकमा ठूलो गिरावट देखिएको छ । सरकारी तथ्यांक अनुसार ११ महिनामा बजारमा सुनको आयात ४० प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको ११ महिनामा सुनको आयात ४० प्रतिशतले घटेर २५ अर्ब ७४ करोड २५ लाख ७७ हजार रुपियाँ बराबरको दुुई हजार ६५१ केजी सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ४३ अर्ब ५३ करोड ९२ लाख ८८ हजार रुपियाँको आयात भएको थियो ।
यो वर्ष सुनको मूल्य लगातार बढेपछि बजारमा खपत कम हुुँदा आयातमा समेत कमी आएको हो । गत आवभरिमा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको सुन आयात भएको थियो ।
आर्थिक मन्दी र सुनका उपभोक्ता कमिका सुनको आयत घटेको भनिए पनि सरकारी तथ्यांक घट्नुमा तस्करीको सुन बजारमा जानु मूख्य कारक भएको अनुमान लगाइएको छ । काठमाडौंको न्यूरोडमा रहेको लक्कि ज्वेलर्सले मात्रै तस्करीको ३३१ किलो सुन खरिद गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । एउटै यसरी सुन पसलेले यति ठूलो परिमाणमा तस्करीको सुन खरिद गरेको छ भने बजारमा अन्य पसलमा पनि उत्तिकै मात्रामा सुन खरिद गरिएको अनुमान लगाइएको छ ।
यसैबिच चाँदीको आयात भने ३४ प्रतिशतले बढेको छ । विभागको तथ्याङ्क अनुसार चालुु आवको ११ महिनामा तीन अर्ब १५ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको चाँदी आयात भएको छ । गत वर्ष सो अवधिमा दुुई अर्ब ३३ करोड ९७ लाख ६३ हजार रुपियाँ बराबरको चाँदी आयात भएको थियो ।
