२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • सुनकोसीमा हाइलेक्स गाडी खस्दा चालकसहित तीन...

सुनकोसीमा हाइलेक्स गाडी खस्दा चालकसहित तीन जना बेपत्ता

सुनकोसीमा हाइलेक्स गाडी खस्दा चालकसहित तीन जना बेपत्ता

सहर्ष न्युज
शनिवार, भाद्र ८ २०८१
सहर्ष न्युज
शनिवार, भाद्र ८ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सिन्धुलीस्थित सुनकोसी नदीमा हाइलेक्स गाडी खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन्।

    सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेबाट नदीमा खसेको उक्त गाडी खोटाङको हलेसीबाट मध्यपहाडी राजमार्ग हुँदै भक्तपुरतर्फ जाँदै गर्दा नदीमा खसेको हो।

    सुनकोसीमा गाडी खस्दा बेपत्ता हुनेहरुमा भक्तपुरको सुर्यबिनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बिके, सोही ठाउँ बस्ने ३० वर्षीय प्रनित स्यागु र सोही ठाउँका ३७ वर्षीय बलराम घटुवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिए। उनका अनुसार गाडीको नम्बर भने खुलेको छैन। 

    गाडिमा सवार रहेका मध्य भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका स्थित जगाती बस्ने २७ वर्षीय सुशान्त कक्षपति भने प्रहरीको सम्पर्कमा आएका छन्। शुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार सुशान्तको पाता, कुहिनो र टाउकोमा चोट लागेको छ। उनले उपचारका लागि खुर्कोट अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

    बेपत्ताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थल तर्फ गएका छन्। गाडी खसेको स्थान अनुमान भएको र त्यसतर्फ खोजी सुरु भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend