काठमाडौं । केही दिन देखि सुनको मूल्य लगातार बढिरहेको छ । सुनको मूल्य मंगलबार ठूलो मूल्य बढ्यो । एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको छ । एकै पटक यति ठूलो मूल्य बढेको संववत यो पहिलो हो ।
यो मूल्य बृद्धिसँगै नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।
