२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • अर्बौं भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक...

अर्बौं भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी क्यानाडा उडेपछि कर्मचारीहरुबीच खैलाबैला

अर्बौं भ्रष्टाचार आरोप लागेका प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी क्यानाडा उडेपछि कर्मचारीहरुबीच खैलाबैला

सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
सहर्ष न्युज
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौं । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार गरेको आरोप खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी क्यानाडा उडेको छन् । जेनजी आन्दोलनकारी, सरकार र कर्मचारीहरुसमेतलाई छलेर उनी क्यानाडा उडेका हुन् ।

    उनीसँगै विभागका उपमहानिर्देशक–२ देव चन्द्रलाल कर्ण पनि क्यानाडा उडेका छन् ।

    आज साँझ ६ बजे कतार एरवेजको क्यूआर ६४७ जहाजमा उनीहरु उडेको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

    यही सेप्टेम्बर २२ मा आईकाओ एसेम्बलीको ४२औँ अधिवेशन (२२ सेप्टेम्बर २०२५) मा सहभागी उनीहरु त्यसतर्फ उडेका हुन् ।

    सरकार परिवर्तन नभएको भए उक्त टोलीमा पूर्वमन्त्री बद्री पाण्डे र उनकी श्रीमतीसहित २२ जनाको जम्बो टोली त्यसतर्फ उड्ने तयारीमा थिए । तर जेनजी समूहको आन्दोलनले सरकार परिवर्तनसँगै परिस्थिति फरक बनाइदिएकाले अन्य भने उड्न सकेनन् ।

    जेनजी समूहले कारवाही गर्न भनि प्रधानमन्त्री सुशीला कार्की समक्ष १ नं. मा उजुरी दर्ता गरेका महानिर्देशक अधिकारी नेपालबाट बाहिरिएपछि प्राधिकरण कर्मचारीवृतमा समेत खैलाबैला मच्चिएको छ । जेनजी समूहले उनलाई क्यानाडा उड्न रोक लगाएर कारवाही गर्न समेत माग गरेका थिए ।

    ‘भ्रष्टाचारको चौतर्फी विरोधको सामाना गरिरहेका महानिर्देशक अधिकारीले कर्मचारीको समेत प्रत्यक्ष विरोधको सामाना गरिरहेका थिए । सोही बीच उनी उक्त कार्यक्रममा नजाने भनेर पहिला हल्ला चलाइयो ।’ प्राधिकरणका एक कर्मचारीले भने– ‘तर सबैलाई आश्चर्यमा पारेर झुक्याएर उनी क्यानाडा उडे ।’

    यतिवेला सबैलाई झुक्याएर उडेका उनी नफर्कने आशंका कर्मचारीहरुले गरिरहेका छन् ।

    नयाँ सरकारले उनलाई कारवाही गर्ने सर्वत्र आशाका बीच उनी क्यानाडा उड्ने सक्ने आशंका कर्मचारीले गरिरहेका थिए । उडानमा अवरोध गर्ने गरी महानिर्देशक अधिकारीलाई जेनजीका पदाधिकारीसहित केही कर्मचारीहरुले उनलाई निगरानीमै राखेका थिए । प्राधिकरण कर्मचारीहरुका अनुसार क्यानाडा ‘भाग्ने’ आशंकाकाबीच जेनजी प्रतिनिधिसहित करिब तीन दर्जन प्राधिकरणका कर्मचारीहरुले महानिर्देशक अधिकारीलाई कालोमोसो दल्ने तयारी समेत गरेको जानकारी दिए ।

    उड्नु अघि सरकारी प्रक्रिया पनि पुरा नगरेको हुन सक्ने आशंका कर्मचारीको रहेको छ ।

    संसद्को सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन गर्न गठन गरेको उपसमितिले उनलाई तत्काल निलम्बन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन सिफारिस गरिएको थियो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन संयोजक रहेको उक्त उपसमितिले विमानस्थल निर्माणको सुरुवातदेखि नै अनियमितता भएको दाबी गरेको छ । तर तत्कालिन सरकार समेतलाई प्रभावमा पारेका उनले अनियमिततामा कारवाही गर्ने विषय ओझेलमा पर्दै आएको थियो ।

    अधिकारी ०७१ सालदेखि ०७४ सालसम्म पोखरा विमानस्थल आयोजनाका प्रमुख रहेका थिए । ०७८ माघपछि उनी प्राधिकरणको महानिर्देशक छन् ।

    दुई अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा व्यापक अनियमितता गरेका आरोप खेपिरहेका उनले अन्य निर्माणलगायतमा करोडौं भष्ट्राचार भएको आरोप कर्मचारीहरुले लगाएका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend