२०८३ श्रावण ११ गते सोमवार

images

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको रूपमा मित्र बराल नियुक्त

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको रूपमा मित्र बराल नियुक्त

शुक्रवार, श्रावण १७ २०८२
शुक्रवार, श्रावण १७ २०८२
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागमा व्यवस्थापकीय नेतृत्व परिवर्तन गरेको छ । मन्त्रालयले विभागका महानिर्देशकका रूपमा कार्यरत सञ्जीब बरालको कार्यकाल सकिएसँगै मित्र बराललाई नयाँ महानिर्देशकको रूपमा नियुक्त गरेको हो ।

    मित्र बराल विभागमा २८औं महानिर्देशकका रुपमा पद बहाली गर्दैछन् । उनले आइतबार २ः३० बजे औपचारिक रूपमा कार्यभार सम्हाल्ने कार्यक्रम रहेको विभागले जानकारी दिएको छ ।

    सन्जीव बराल २०८१ सालको फागुनमा दोस्रो कार्यकालका लागि महानिर्देशक नियुक्त भएका थिए । आफ्नो कार्यकालमा उनले सिँचाइ आयोजनाहरूको व्यवस्थापनदेखि जलप्रकोप न्यूनीकरणमा महत्वपूर्ण राम्रो भूमिका खेलेका थिए । सञ्जीव बरालले विभाग मातहातका परियोजनालाई सम्पन्न गर्न खेलेको भूमिकाप्रति मन्त्रालयलले सन्तुष्ट रहेको मन्त्रालय स्रोतले बतायो ।

    नवनियुक्त महानिर्देशक मित्र बरालले पनि जलस्रोत तथा सिंचाई क्षेत्रको बृद्धि विकासका लागि राम्रो काम गर्ने विश्वास मन्त्रालयले लिएको छ । उनको कार्यकालमा विभागको लक्ष्यले राम्रो गति लेला भन्ने आशा र विश्वास पनि लिइएको छ । मित्र बराल सिंचाई तथा जलस्रोत क्षेत्रका अनुभवीका साथै अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् । उनले यस क्षेत्रमा लामो समय विताइसकेका छन् ।

    मन्त्रालयका अनुसार उनले विभागको रणनीतिक योजना र सिँचाइ पूर्वाधार विकासलाई अझ प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन् । मन्त्रालयले मित्र बरालको व्यवस्थापन क्षमता र नेतृत्व दक्षतामा पूर्ण विश्वास व्यक्त गरेको छ ।

    बरालले विभागमा भएका सकारात्मक प्रयासलाई निरन्तरता दिने र नयाँ योजना कार्यान्वयनमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend