२०८३ श्रावण १२ गते मंगलवार

images
  • समाज
  • उपसचिव अवधकिशोर कुशवाहासहित चार जनाविरुद्ध भ्रष्टाचार...

उपसचिव अवधकिशोर कुशवाहासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

उपसचिव अवधकिशोर कुशवाहासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सहर्ष न्युज
बिहिवार, श्रावण ३१ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण ३१ २०८१
  • काठमाडौं । मधेश प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जनकपुरधाममा कार्यरत तत्कालीन उपसचिव अवधकिशोर प्रसाद कुशवाहासहित चार जनाविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कुशवाहासहित पूर्वाधार विकास कार्यालय, धनुषाका तत्कालीन निमित्त प्रमुख रविचन्द्र पजियार र करार सेवामा कार्यरत तत्कालीन इन्जिनियर राममनिज यादवविरुद्ध सो मुद्दा दायर भएको छ ।

    आर्थिक वर्ष २०७७/७८ मा सो मन्त्रालयबाट भएको ठेक्काको इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीको कम्पाउण्ड वाल निर्माण कार्यमा ठेक्का प्रक्रियादेखि भुक्तानीसम्मको कार्यमा सङ्लन्न रही फिल्डमा हुँदै नभएको कार्यको काम भएको हो भनी नापी किताब, बिल र सोही अनुसारको कार्य सम्पन्न प्रतिवेदन तथा कागजातहरू तयार एवम् प्रमाणित गरी भुक्तानी आदेश र गोश्वारा भौचर सदर गरी सो रकम बढी भुक्तानी गराइ नेपाल सरकारलाई गैरकानुनी हानी पुर्‍याएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

    सो मुद्दामा जायसवाल कन्स्ट्रक्सनका निर्माण व्यवसायी/सञ्चालक राकेश प्रसाद जयसवालले वास्तविक कार्यभन्दा बढी मूल्याङ्कन गराइ सो रकम बढी भुक्तानी लिएको देखिएको आयोगले जनाएको छ ।

    उनीहरुविरुद्ध पाँच लाख ३१ हजार ४२८ रुपियाँ बिगो रकम कायम गरी जफत हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend