२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार...

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

सहर्ष न्युज
सोमवार, श्रावण ६ २०८२
सहर्ष न्युज
सोमवार, श्रावण ६ २०८२
  • काठमाडौँ- मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन । काठमाडौँ  जिल्ला अदालतले जारी गरेको पक्राउ पूर्जीको आधारम उनलाई आज प्रहरीले पक्राउ गरेको हो ।

    सोही अनुमतिका आधारमा उहाँलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिनु भएको छ ।

    बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो ।

    जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।

    जाहेरी दर्तालगत्तै भागेर भारतजानु भएको अहिराज केही हप्तादेखि काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा खोजी गरिएको थियो । पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ ।

    जाहेरीकर्ता मधेसीमूलकी युवती हुन् ।

    काठमाडौँमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend