२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • घुस डिल प्रकरणमा मुछिएका मन्त्री राजकुमार...

घुस डिल प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटारमा

घुस डिल प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्रीले बोलाए बालुवाटारमा

सहर्ष न्युज
सोमवार, आषाढ ३० २०८२
सहर्ष न्युज
सोमवार, आषाढ ३० २०८२
  • काठमाडौं । घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई मन्त्री पदबाट हटाइने भएको छ । उनलाई प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर कुराकानी गर्ने तयारी गरेको छ । 

    मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ । पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो । घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस प्रकरणमा  ‘एक्सन’ लिने तयारी गरेका छन्। मन्त्री गुप्ताले पनि पार्टीको निर्देशन आए छानबिनका लागि मार्गप्रशस्त गर्ने बताएका छन्। ‘पार्टीले छानबिन गरे म तयार छु,’ मन्त्री गुप्ताले भने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुराकानीको अडियो, घुसबापत दिइएको नोटमा उल्लेख गरिएको नम्बरसहितको डायरी बुझाइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend