२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • तातोपानी नाका जाने अरिनिको राजमार्गमा...

तातोपानी नाका जाने अरिनिको राजमार्गमा पहिरो, सडक पूर्णरुपमा बन्द

तातोपानी नाका जाने अरिनिको राजमार्गमा पहिरो, सडक पूर्णरुपमा बन्द

सहर्ष न्युज
बिहिवार, आषाढ २६ २०८२
सहर्ष न्युज
बिहिवार, आषाढ २६ २०८२
  •  
     

    सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोककानुसार बाह्रबिसे–कोदारी लोकमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ मा पहिरोले उक्त सडक पूर्ण रुपमा बन्द भएको छ ।

    सडक माथिबाट आएको पहिरोले सडक बगाएको छ भने तलबाट भोटेकोशी नदीले कटान गरेपछि सडक भासिएको छ । सडक पूर्ण रुपमा बन्द भएपछि तातोपानी नाका हुँदै राजधानी जान लागेका मालबाहक कन्टेनर भन्सार क्षेत्रमै रोकिएका छन् । त्यस्तै यात्रुबाहक बस, साना–ठूला सवारीसाधान, एम्बुलेन्स आउजाउ रोकिएका छन् । त्यसको मार बिरामी, यात्रुलाई परेको छ ।

    सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले पहिरोले बन्द भएको सडक सूचारु गर्न काम थालिएको बताउनुभयो । सडक डिभिजनले डोजर लगाएर सडक खुलाउन लागेको छ । सो बन्द सडक सञ्चालनका लागि भोटेकोशी गाउँपालिका आवश्यक जनशक्ति र उपकरण व्यवस्थापन गरिरहेको पालिका अध्यक्ष पासाङ नृर्पु शेर्पाले जानकारी दिनुभयो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend