२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • नेपाल प्रहरीको आचरण कस्ले सुधार्ने र...

नेपाल प्रहरीको आचरण कस्ले सुधार्ने र कहिले सुध्रने ?

नेपाल प्रहरीको आचरण कस्ले सुधार्ने र कहिले सुध्रने ?

सहर्ष न्युज
सोमवार, आषाढ ९ २०८२
सहर्ष न्युज
सोमवार, आषाढ ९ २०८२
  • काठमाडौं । एउटा गिर्छ संगठन पिर्छ भने झै, संगठनको नाम अनुसार नेपाल प्रहरीले आचरण र व्यवहार नसुधारे सम्म प्रहरी हाम्रो साथी भन्ने नाराले कहिलै सार्थक पाउन सक्दैन । कुरा मिती २०८२ असार ६ गतेको हो । कुनै एउटा सेवाग्राही जिल्ला प्रहरी कार्यालय काठमाडौं पुग्छ । त्यहा स्थित प्रहरी उपरीक्षक अर्थात सुचना अधिकारी अपिल राज बोहोरालाई भेटेर केही बेर भलाकुसारी गर्दा साच्चै नेपाल प्रहरी आम नागरिककै साथी रहेछ भन्ने कुरा महसुस गर्छ । 

    आम सेवाग्राही प्रती उहाँले गरेको व्यवहार तारिफ योग्य देखिन्थ्यो ।  जुन सुकै विषयको काम लिएर आउने व्यक्ति भएतापनि विषय अनुसारको फाँटको प्रहरी कर्मचारीलाई बोलाएर सभ्य भाषामा उहाँको समस्या के हो ? सबै बुझेर उहाँलाई चित्त बुझाएर पठाइ देउ भनि विदाई गर्दा साच्चै नेपाल प्रहरीप्रति मनैदेखि विश्वास नजाग्ने कुरै थिएन । तर हाम्रो टोलीको काम भने चेक बाउन्स शाखामा रहेकोले सोही शाखाको वरिष्ठ प्रहरी नायव निरीक्षक जयराम थापाको जिम्मा लगाएर पठाइयो । त्यस पछि निवेदको प्रक्रिया सुरु हुदै गर्दा त्यस शाखामा कार्यरत प्रहरी कर्मचारीहरुको व्यस्तताका बावजुद पनि  हामी माथी गरेका व्यवहार तारिफ योग्य नै थियो । 

    हामी केही बेरको पर्खाइ पछि निवेदन हातमा बोकेर आफ्नो कोठामा प्रवेश गर्न लागेको अवस्थामा प्रहरी नायव उपरीक्षक (डिएसपी) निर्मल पनेरुसँग तोक लगाउन पुग्यौं । साथमा उभिएका वरिष्ठ प्रहरी नायव निरीक्षक जयराम थापाले डिएसपी पनेरुलाई सर माथिबाट अपिल बोहोरा सरले पठाउनुभाको भन्दै निवेदन दिन खोज्दा कुरै नसुनि यस्तो निवेदमा म हस्ताक्षर गर्दिन अरु कुन शाखामा पठाउन पर्छ पठाउ भन्नुभयो । उहाँले गरेको दुव्र्यहार उहाँप्रतिको घमण्ड देख्दा ‘प्रहरी हाम्रो साथी’ नेपाल प्रहरीको नारा सम्झिदा हामीले सोच्यौं ‘कसरी हुन सक्छ प्रहरी हाम्रो साथी ?’ काँधमा फुली धारण गरेका अफिसरको त यस्तो व्यवहार देखिन्छ भने दैनिक बाह्र घण्टा रोडमा उभिनु पर्ने जुनियर अफिसर तथा प्रहरी जवानहरुबाट आम नागरिकहरुले कसरी सुरक्षाको प्रत्याभूति गर्ने र के आश गर्ने ?

    घटना खासै ठूलो थिएन एउटा निर्दोष नागरिकलाई परेको चेक बाउन्स गरेकोको विषयको निवेदन दर्ता गर्नु मात्र थियो । डिएसपी पनेरूले गरेको व्यवहारप्रति पश्चताप गर्दै वरिष्ठ प्रहरी नायव निरीक्षक थापा नतमस्कत भई ‘सर तपाईहरु तल्लो कोठामा डिएसपी विष्णुप्रसाद सोती हुनुहुन्छ उहाँलाई भेट्नुस” भनेर पन्छाउन बाध्य भए । हुन पनि विचरा जुनियर अफिसरले के नै गरोस, पाँचै ओटा फुली काँधमा भिरेपनी सहयोग गर्ने हैसियत नभएपछि । त्यसपछि डिएसपी सोती सरकहाँ पुग्दा निकै नै भिडभाड भएको कारण केही बेर बाहिरै कुराइमा परियो । भिडभाड कम हुने अवस्था नदेखिए पछि ढोकामा सिभिल पोसाकमा उभिएको प्रहरीलाई आग्रह गरी भित्र पस्यौं । 

    अत्यन्तै भिडभाड र व्यस्तताको बावजुद पनि डीएसपी सोती सर मुसुक्क हास्दै सन्चै हुनुहुन्छ ? भन्ने शब्द उच्चारण गर्दै निवेदनमा तोक लागएर १०६ नम्बरमा छोडेर जाँदा हुन्छ भन्नुभयो र करिव २ घण्टाको समय पछि निवेदन छोडेर बाहिरियौं । नारामा नेपाल प्रहरीले जे लेखे पनि यस्ता प्रहरी अधिकृतहरुको आचरण र व्यवहारमा परिर्वतन ल्याउन नसक्ने हो भने ‘प्रहरी हाम्रो साथी भन्ने’ नारा मात्र होइन जस्तो सुकै नारा लिएर नेपाल प्रहरी जनता माझ गए पनि आम नागरिकहरुले नेपाल प्रहरीप्रति हेर्ने र गर्ने व्यवहार नकरात्मक नै हुन्छ ।

    हुनत पनेरु जस्ता अधिकृतले गरेको तुच्छ व्यहारलाई बोहोरा, सोती र थापा जस्ता प्रहरी कर्मचारीहरुले सच्याउँला, तर प्रहरीप्रति पर्न जाने आम नागरिहरुको नकारात्मक सोचलाई निर्मल पनेरु जस्ता अधिकृतले पनि व्यवहारमा सच्चाए कसो होला । हुन त आफु नसुध्रे तपाइको व्यवहार र आरचणलाई कसैले पनि सुधार्न सक्दैन भन्ने कुरा हाम्रो ठम्याई छ । (पीडित धारणामा आधारित) 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend