२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा...

राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन उच्च अदालत पाटनको आदेश

राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन उच्च अदालत पाटनको आदेश

सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
सहर्ष न्युज
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई नगर प्रहरी प्रमुखको जिम्मेवारीमा काम गर्न दिन उच्च अदालत पाटनले आदेश दिएको छ ।

    न्यायाधिश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले उच्च अदालतमा दायर गरेको मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश गरेको हो ।

    आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकलाई तत्काल निलम्बन गर्नुपर्नेसम्मको अवस्था देखिएन । अतः प्रस्तुत निवेदनको टुंगो नलागेसम्म यी निवेदकको नाममा महानगरपालिकाले गत जेठ २० मा निलम्बन गरेको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखेर निवेदकलाई उनको पदमा रहेर कामकाज गर्न दिनु दिलाउन अन्तरिम आदेश जारी गरिएको छ ।’


    उच्चले पाण्डेलाई निलम्बन गरेको महानगरपालिकाको निर्णय भने खारेज गरिसकेको छैन । निवेदन काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको वरिष्ठ नगर प्रहरी उपरीक्षक पदमा कार्यरत रहेकोमा उनको पदीय जिम्मेवारी महानगरपालिकाको सुरक्षा व्यवस्थाको प्रबन्ध गर्नेसमेत रहेको आदेशमा भनिएको छ ।

    निवेदकसहितको महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकारी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र त्यसैबमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानूनी व्यवस्था रहेको भन्दै निवेदकले इन्कार गरेको नदेखिएको जनाएको छ ।

    raju_pandey-uchcha1.jpg

    raju_pandey-uchcha2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend