२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • ८१ करोड ४७ लाखको जुवा खेल्ने...

८१ करोड ४७ लाखको जुवा खेल्ने १७ जना पक्राउ (सूचिसहित)

८१ करोड ४७ लाखको जुवा खेल्ने १७ जना पक्राउ (सूचिसहित)

सहर्ष न्युज
मंगलवार, जेठ २१ २०८२
सहर्ष न्युज
मंगलवार, जेठ २१ २०८२
  • काठमाडौँ ।  विभिन्न देशका नागरिकहरूलाई ह्वाटसप र इन्स्टाग्राम मार्फत सम्पर्कमा ल्याई अनलाइन डेटिङ साइटको प्रयोग गरी हारजित हुने तवरले व्यावसायिक रूपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने कार्यमा संलग्न १७ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ । 

    जुवा भइरहेको भन्ने विशेष सूचना पछि प्रहरीको टोलीले ललितपुर मनपा २६ जैनखेल भ्यु टावर स्थित घर र ललितपुर मनपा १० नख्खु स्थित सनराइज अपार्टमेन्टको फ्ल्याट भाडामा लिई व्यावसायिक तवरले अनलाइन जुवा खेल्ने र खेलाउने कार्यमा संलग्नहरू ५ जना भारतीय नागरिक र १२ जना नेपाली नागरिकहरूलाई सोमबार पक्राउ गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो । 

    उनीहरूबाट ल्यापटप तथा मोबाइलहरू बरामद गरेको छ । सोही ल्यापटप र मोबाइलहरूबाट प्रारम्भिक अनुसन्धान गर्दा ८१ करोड ४७ लाख ५७ हजार चार सय छयालिस रूपियाँ बरावरको जुवा कारोबार गरेको देखिएको आचार्यले जानकारी दिनुभयो । 

    उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान गरी कारबाही अघि बढाइएको जनाएको छ । 

    पक्राउ पर्नेहरूको विवरण: 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend