२०८३ श्रावण १० गते आइतवार

images
  • समाज
  • आर्थिक  वर्षका लागि १९ खर्ब ६४...

आर्थिक  वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत (पूर्णपाठसहित)

आर्थिक  वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट प्रस्तुत (पूर्णपाठसहित)

सहर्ष न्युज
शुक्रवार, जेठ १७ २०८२
सहर्ष न्युज
शुक्रवार, जेठ १७ २०८२
  • काठमाडौं । सरकारले  आगामी आर्थिक  वर्षका लागि  ल्याएको बजेटको आकार १९ खर्ब ६४ अर्ब ११ करोडको  बजेट रहेको छ ।  बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका हुन् ।

    चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनीयोजन भएको हो ।

    आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५/६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८/२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।

    उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको छ ।

    सरकारले आर्थिक वर्ष २०८२/ २०८३ का लागि  आगामी आवका लागि ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।  अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेस गदै सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटले प्रस्ताव गरेका योजना तथा कार्यक्रमले उक्त आर्थिक वृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका हुन् ।

    त्यस्तै, आगामी आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति ५.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend