२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • विद्युतको करेन्ट प्रवाह भई सवारी साधनमा...

विद्युतको करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागीमा परी मृत्यु भएकाको शव जिम्मा लगाइयो

विद्युतको करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागीमा परी मृत्यु भएकाको शव जिम्मा लगाइयो

सहर्ष न्युज
मंगलवार, बैशाख ९ २०८२
सहर्ष न्युज
मंगलवार, बैशाख ९ २०८२
  • ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा सडक खण्डमा लत्रिएको विद्युतको तारका कारण करेन्ट प्रवाह भई सवारी साधनमा भएको आगलागी घटनामा परी मृत्यु भएका चार जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ। प्रहरीका अनुसार मृतकका शव जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको हो।

    ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार मृतकमध्ये तीन जनाको शव सोमबार साँझ नै र एक जनाको शव मङ्गलबार बिहान पोष्टमार्टम सकेर आफन्तको जिम्मा लगाइएको हो। ललितपुर महानगरपालिका–१० का १६ वर्षीय आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का पौडेल दम्पत्ती ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरीता पौडेलको शव सोमबार साँझ आफन्तलाई बुझाएको रावलले जानकारी दिनुभयो।

    रावलका अनुसार सवारी चालक ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईको शव भने पोष्टमार्टमपछि मङ्गलबार आफन्तको जिम्मा लगाइएको छ। पाथीभरा दर्शनमा आएका तीर्थयात्री सवार मे १ ज ३०११ नम्बरको बोलेरो जिपमा लत्रिएको विद्युतीय तारले छोएर करेन्ट प्रवाह भई आगलागी भएको थियो। 

    सोमबार बिहान ५ बजेको समयमा सुकेटार–पाथीभरा सडकअन्तर्गत सेवारोचौक खण्डमा भएको सो दुर्घटनामा चार जनाको जलेर घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा परी ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना आचार्य र १० वर्षीय बालक सविनाकी छोरा भविमय आचार्य घाइते हुनुभएको छ। चालक भट्टराईबाहेक मृत्यु हुने र घाइते दुई जना एकै परिवारका हुनुहुन्छ। मृतक आध्या सविना आचार्यकै छोरी हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend