२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि...

पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको ज्यान गयो, दुई जना घाइते

सहर्ष न्युज
सोमवार, बैशाख ८ २०८२
सहर्ष न्युज
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । धार्मिक तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी माथि बिजुलीको तार खसेर आगोलागि हुँदा चार जनाको मृत्यु भएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा करेन्ट सहितको बिजुलीको नाङ्गो तार खसेर आगोलागि हुँदा चालक सहित चार जनाको मृत्यु भएको हो ।

    मन्दिर जाने क्रममा फुङलिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको तार झरी मे १ ज ३०११ गाडीमा आगो लाग्दा चार जनाको मृत्यु हुँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभएको छ ।

    मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी वर्ष १६ की आध्या आचार्य, झापा जिल्लाका वर्ष ६९ की सरिता पौडेल, झापाकै वर्ष ७० का विनोद पौडेल रहेको प्रहरीले जनाएको छ ।

    गाडीमा ६ जना रहेका थिए । घाइते ललितपुरकी वर्ष ४५ की सविना आचार्य र उहाँका छोरा अभियम आचार्यलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको र थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइदै गरेको प्रहरीले जनाएको छ । मृतक आध्या घाइते साविनाको छोरी र सरिता र विनोद पौडेल साविनाको बुबा आमा रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend