२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • सार्वजनिक लेखा समितिले विद्युत् प्राधिकरणसँग माग्यो...

सार्वजनिक लेखा समितिले विद्युत् प्राधिकरणसँग माग्यो टीओडी मिटरको तथ्याङ्क

सार्वजनिक लेखा समितिले विद्युत् प्राधिकरणसँग माग्यो टीओडी मिटरको तथ्याङ्क

सहर्ष न्युज
शनिवार, श्रावण १९ २०८१
सहर्ष न्युज
शनिवार, श्रावण १९ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टीओडी) मिटरको तथ्याङ्क मागेको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रवारको बैठकपछि प्राधिकरणसँग टीओडी मिटरको डेटा माग्ने निर्णय गरेको हो । समिति सभापति ऋषि केश पोखरेलले टीओडी मिटरको प्रष्टता के हो प्राधिकरणसँग माग गर्ने बताए।

    उनले प्राविधिक भए पनि समितिले सधैँ सिद्धान्तमा मात्रै छलफल गरेको बताए। उनले समितिसँग उपलब्ध भएका सम्पूर्ण तथ्य र प्रमाणहरूसहित तयारी गर्ने बताए । उनले तीन दिनभित्र सांसदहरूसँग भएका प्रमाणहरू सचिवालयमा उपलब्ध गराउन निर्देशन दिए । उनले सबै तथ्य,प्रमाण र कानुनका आधारमा सचिवालयले पाँच दिनभित्र प्रतिवेदन तयार गर्ने निर्देशन दिए ।

    समितिसँग भएका तथ्य,प्रमाण र कानुनका आधारमा आधारमा ५ दिनमा प्रतिवेदन तयार पारी अर्को बैठकमा उद्योगी र प्राधिकरणबिच विवाद सुल्झाउने निर्णय गरिने बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend