२०८३ श्रावण ११ गते सोमवार

images
  • समाज
  • बालकोटको घर हाम्रो पसिना र मिहिनेतबाट...

बालकोटको घर हाम्रो पसिना र मिहिनेतबाट बनेको हो : राधिका शाक्य

बालकोटको घर हाम्रो पसिना र मिहिनेतबाट बनेको हो : राधिका शाक्य

सहर्ष न्युज
शनिवार, फाल्गुण १० २०८१
सहर्ष न्युज
शनिवार, फाल्गुण १० २०८१
  •  

    शनिबार आत्मकथा ‘करुणा’ पुस्तक सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।  प्रधानमन्त्री केपी ओली जस्तो देशका लागि रातभरसमेत सक्रिय खट्ने मान्छेका बारेमा अनेक अफबाह र नकारात्मक टिप्पणी गरिएकामा दुःख लाग्ने बताउँदै होच्याउन पाइयो भन्दैमा असत्य हिसाबले होच्याउन नहुने धारणा उहाँले बताउनुभयो। 

    आफूूले नेपाल राष्ट्र बैँकमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको स्मरण गराउँदै उहाँले बालकोटको घरलाई दरबार भनेर प्रचार गर्नेहरूसँग दुःखेसो पोख्नुभयो।प्रथम महिला शाक्यले भन्नुुभयो, “सम्पूर्ण नेपालीले सहजरूपमा लाउन र खान पाउनुुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ।’’

    ‘करुणा पुस्तकले पाठकलाई आत्मविश्वास जगाउँछ’

    कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै वक्ताले प्रधानमन्त्री र प्रथम महिलाका जीवनका आरोह अवरोहमा आधारित पुस्तकले जस्तो सुकै दुःख र कष्टमा पनि आशाको दियो बाल्न सकिन्छ भन्ने सन्देश दिने बताउनुभएको थियो। नेकपा (एमाले)का उपमहासचिव एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले प्रतिकुलतामा पनि बाँच्नका लागि पुस्तकले प्रेरणा दिने धारणा राख्नुभयो। 

    गायिका आनी छोइङ डोल्माले राधिका शाक्यको लेखन र व्यवहार दुवै करुणामय पाइएको अनुभव व्यक्त गर्नुभयो। लेखक अमर न्यौपानेले पुस्तकबाट प्रधानमन्त्री ओलीको आत्मविश्वास र ढृढ इच्छाशक्ति तथा त्यो प्राप्तिमा राधिका शाक्यको योगदानलाई बुझ्न सकिने बताउनुभयो।

    कार्यक्रममा प्रधानमन्त्री ओली र प्रथम महिला शाक्यको ३७ औँ विवाह उत्सवमा अवसरमा आयोजकबाट उहाँहरूलाई सम्मान गरिएको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend