२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • यूएईमा 'सुरक्षा सुनिश्चितता' गरेर पुन: घरेलु...

यूएईमा 'सुरक्षा सुनिश्चितता' गरेर पुन: घरेलु महिला श्रमिक पठाउने 'तयारी'

यूएईमा 'सुरक्षा सुनिश्चितता' गरेर पुन: घरेलु महिला श्रमिक पठाउने 'तयारी'

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ९ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं । खाडी मुलुकमा वर्षौँदेखि रोकिएको नेपाली महिला घरेलु श्रमिक पठाउने विषयलाई अब एउटा "पारदर्शी प्रक्रियासहितको प्रोटोकल" बनाएर सुरुमा यूएईमार्फत् खुलाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले बीबीसीलाई बताएका छन्।

    "यसअघि संसद्‌ले दिएको निर्देशनका आधारमा मन्त्रालयले प्रस्ताव अगाडि बढाएको छ। कानुन मन्त्रालयको राय आएपछि द्विपक्षीय रूपमा मान्य हुने गरी यो अगाडि बढ्छ," मन्त्री शरतसिंह भण्डारीले भने।

    "संसदीय समितिले श्रम सम्झौता भएका मुलुकसँग सुरक्षाको प्रत्याभूतिदेखि लिएर स्वच्छ भर्ना प्रक्रियामा गई सीपयुक्त श्रमिक पठाउनमा जोड दिएको थियो। हाम्रो प्रस्ताव त्यसकै आधारमा छ।"

    घरेलु कामदारमा जाने महिलाहरूले खाडी राष्ट्रमा यौनशोषण तथा अन्य दुर्व्यवहार भोगेको खबरहरू बढ्न थालेको भन्दै २०७३ सालमा संसद्को अन्तर्राष्ट्रिय श्रम समितिले यथास्थितिमा त्यसरी खाडी मुलुक र मलेशियामा काम गर्न जान प्रतिबन्ध लगाएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend