२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी...

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

लेबनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, उपरथी ढकाल घाइते

सहर्ष न्युज
शनिवार, फाल्गुण ३ २०८१
सहर्ष न्युज
शनिवार, फाल्गुण ३ २०८१
  • काठमाडौं । लेबनानको राजधानी बेरुत नजिकै संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकालमाथि उत्तेजित भीडले आक्रमण गरेको छ ।

    गएराति करिब १२ बजे भएको  घटनामा उपरथी ढकाल सवार कन्भोयमाथि तोडफोड भएको हो ।

    घटनामा घाइते भएका उपरथी ढकाललाई तत्कालै उद्धार गरी बेरुतस्थित युएन लेभल–३ अस्पताल पुर्‍याइएको छ । अस्पतालका अनुसार उनको अवस्था अहिले खतरामुक्त रहेको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा रहेका उपरथी ढकालमाथि आक्रमण भएको हो ।

    लेबनान मिसन हेडक्वार्टरले एक विज्ञप्ति जारी गर्दै दक्षिण लेबनानमा शान्ति र स्थिरताका लागि कार्यरत शान्ति सैनिक माथिको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

    संयुक्त राष्ट्रसंघले लेबनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्न आग्रह गरेको छ ।

    लेबनानका प्रधानमन्त्री र लेबनिज आर्मड फोर्सलेले घटनाको कडा भर्त्सना गर्दै संलग्न व्यक्ति/समूहमाथि कारबाही गर्ने बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend