२०८३ भाद्र २८ गते आइतवार

images

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ।

    काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप गए रातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

    उनले भने, 'पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गए रातिबाट हामीले मर्मतको सुरु गरेका छौँ। मर्मत सकिएपछि पानी वितरण प्रक्रिया सुरु गर्ने छौँ।'

    विद्युतका तारहरू भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend