२०८३ भाद्र २८ गते आइतवार

images

काठमाडौंको नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

काठमाडौंको नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । काठमाडौंको नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेको प्रहरीले जानकारी दिएको छ ।

    काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

    बा. प्र. ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीको भनाई छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend