लामिछानेविरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगीसम्बन्धी मुद्दा दायर भएको थियो। लामिछानेको मुद्दा हेर्दाहेर्दैमा रहेकाले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुनुपर्नेछ।
बुधबार लामिछानेको बयान सकिएपछि थुनछेक बहस सुरु भएको छ। सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधीवक्ता रवि न्यौपाने, सहायक न्यायाधिवक्ता बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गर्नुभएको छ। जाहेरवालाका तर्फबाट अधिवक्ता रमेश काफ्लेको बहस सकिएको छ।
