२०८३ भाद्र २७ गते शनिवार

images
  • समाज
  • महानगरबासीको कर टुडिखेलमा नचाएर सक्दै बालेन,...

महानगरबासीको कर टुडिखेलमा नचाएर सक्दै बालेन, घरधनीको अनिच्छा विपरित रंगरोगन गरेको भन्दै आपत्ति

महानगरबासीको कर टुडिखेलमा नचाएर सक्दै बालेन, घरधनीको अनिच्छा विपरित रंगरोगन गरेको भन्दै आपत्ति

सहर्ष न्युज
बुधवार, माघ १६ २०८१
सहर्ष न्युज
बुधवार, माघ १६ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीको कर दुरुपयोग गरेको चरम दुरुपयोग गरेको छ । विभिन्न कार्यक्रममा आवश्यक भन्दा बढी ठूलो खर्च गरेको भन्दै महानगर यतिवेला सर्वसाधारणबाट आलोचित बन्दै गएको छ । आर्थिक मामिलामा महानगर मितव्यीय बन्न नसकेपछि महानगरका मेयर बालेन्द्र शाह नगरवासी र जनप्रतिनिधिहरुको तर्फबाट आलोचित हुनुपरेको हो । महानगरबाट हुने विभिन्न कार्यक्रमका नाममा महानगरले ठूलो रकम खर्च गर्न थालेको समाचार स्रोतले उल्लेख गरेको छ । 

    यही मंसिर २९ गते महानगर दिवसको अवसरमा गरिएको कार्यक्रममा ठूलो रकम खर्चेर ‘अनावश्यक तामझाम’का गरेको विषयमा महानगरको आलोचित कामको आफूले खप्की सहनु परिरहेको एक जनप्रतिनिधिले बताए ।

    प्राप्त समाचार अनुसार महानगर दिवसको अवसरमा टुडिखेलमा गरिएको सांस्कृतिक तथा साङ्गितिक कार्यक्रममा महानगरले मात्रै झण्डै ५९ लाख खर्च गरेको थियो । उक्त कार्यक्रमका लागि भ्याट समेत गरी कुल लागत ५८,६८,९३७ रुपैयाँ को प्रस्ताव प्राप्त हुन आएको र सोही बराबर खर्च भएको समाचार स्रोतले उल्लेख गरेको हो । प्रस्तावको ८० प्रतिशत महानगरपालिकाको विकास सहायता कार्यविधि २०७९ को दफा ६ (ग) बमोजिम ८० प्रतिशत काठमाडौं महानगरपालिकाले र २० प्रतिशत लागत ECHOESIN THE VALLEY ले व्यहोर्ने महानगर दिवसको पूर्वसन्ध्यामा मिति २०८१/०८/२६ गते भएको बैठकले निर्णय गरेको स्रोतले बताएको छ । उक्त निर्णयलाई प्रमुखज्यूबाट नगर कार्यपालिकाको बैठकबाट अनुमोदन गर्ने गरी निर्णय भएकाले उक्त निर्णय अनुमोदनका लागि कार्यपालिकाको बैठकमा पेश गर्ने निर्णय गरिएको पनि सो स्रोतले सुनायो ।

    धेरै सर्वसाधारण बसोवास गर्ने देशकै ठूलो महानगरमा यस्ता धेरै कार्यक्रमहरु हुने गरेका छन् । लगातार यस्तै ‘अनावश्यक तामझाम’का कार्यक्रमहरु गरिरहे महानगरलाई बुझाएको राजश्व दुरुपयोग भइरहेको भन्दै महानगरवासीले आपत्ति जनाउन थालेको अर्का जनप्रतिनिधिले बताए । महानगर आर्थिक सवालमा मितव्ययी बन्न नसकेको विषयमा खबरदारी गरिरहन ती जनप्रतिनिधिले आम महानगरवासीलाई आव्हान गरे ।

    यसरी महानगरले ठूलो खर्चका साथ गर्ने कार्यक्रमहरुका कारण आफूहरु आलोचित हुनु परिरहेको ती जनप्रतिनिधिले बताए । ‘हामीलाई विभिन्न शिर्षकहरुमा अनावश्यक कर असुल्ने अनि हाम्रो रगत पसिनाबाट असुलेको पैसा टुडिखेलमा नाचेर सक्ने ।’ महानगरवासीको यसरी हप्काई खाएको भन्दै ती जनप्रतिनिधिले भने– ‘आर्थिक अनुशासनको सवालमा महानगर मितव्ययी हुनसकेको छैन् ।’ यो विषयमा महानगर सुध्रिनुपर्ने उनले बताए ।

    mahanagar_diwas Dance.jpg
    फायल तस्विर 

    खर्च गर्ने सवालमा महानगर मितव्यीय बन्न नसकेको भन्दै कार्यपालिकाको बैठकमा चर्को आवाज उठाउने अर्का जनप्रतिनिधिले दाबी गरे । ‘महानगर दिवसको सांस्कृतिक र साङ्गितिक कार्यक्रमको मात्रै करिब ५९ लाख खर्च शंकाको घेरामा परिसक्यो । यस्ता धेरै अनावश्यक खर्चको अब लेखाजोखा गरिने पनि उनले दाबी गरे ।

    केही चर्चा पाउने काम गरेर सामाजिक सञ्जाल र सर्वसाधारणबीच लोकप्रियको ‘ट्याग’ पाएका महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’ महानगरवासीको कर दुरुपयोगको बिषयमा उठेको प्रश्नबाट उम्कन नसक्ने बानेश्वर–१० का एक स्थानीय बताउँछन् । उनी भन्छन्– ‘हामी उनकै मतदाता र प्रशंसक भएपनि यस्ता विषयमा उनको खबरदारी पनि गर्छौं ।’

    त्यसो त कर्मचारी भर्नामा समेत मेयर बालेनको आलोचना हुने गरेको छ । अनावश्यक र अनियन्त्रित कर्मचारी भर्ना गरेर महानगरवासीको कर दुरुपयोग भइरहेको महानगरकै एक उच्च पदमा कार्यरत कर्मचारी बताउँछन् । उनका अनुसार महानगरमा हाल १७०० स्थायी कर्मचारी रहँदा रहँदै करिब २२०० कर्मचारीहरु करारमा राखेर महानगरलाई आर्थिक भार बढाइएको छ ।

    घरका भित्ता–भित्ता र सडकका पर्खालहरुमा लगाएको रंगहरुका कारण पनि मेयर बालेनले धेरै घरधनीहरुबाट आलोचित भइरहेको पाइएको छ । घरधनीको इच्छाविपरितको रंगहरु लगाएर उनी अलोकप्रिय भइरहेको नयाँ बानेश्वका एक बुद्धिजीवी बताउँछन् । ‘सबैलाई सबै रंग मन नपर्न सक्छ ।’ उनले भने– ‘तर उनले जथाभावी रंगहरुले घरका भित्ता र पर्खालहरु पोतिरहेका छन् ।’

    विभिन्न रंगहरुको बैज्ञानिक अर्थ हुन्छ, रंगहरु मन पराउने, नपराउने संस्कार अनि परम्परा र कारणहरु पनि हुन्छ । कसैलाई कुनै रंगहरुले त विरामी समेत बनाउँछ । तर महानगरले घरधनीको अनिच्छा विपरित रातो निलो हरियो विभिन्न रंगहरु पोत्न थालिएको छ, जुन राम्रो काम नभएको उनको तर्क छ । यसलाई रोकेर महानगरले आकर्षक बनाउने अन्य उपाय अवलम्बन गर्नुपर्ने उनले बताए ।

    mahanagar_diwas_1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend