२०८३ भाद्र २८ गते आइतवार

images
  • समाज
  • रक्तचन्दन तस्करीमा माओवादी नेताको संलग्न, नेता...

रक्तचन्दन तस्करीमा माओवादी नेताको संलग्न, नेता तिमिल्सिनासहित दुई जना पक्राउ

रक्तचन्दन तस्करीमा माओवादी नेताको संलग्न, नेता तिमिल्सिनासहित दुई जना पक्राउ

सहर्ष न्युज
शुक्रवार, माघ ४ २०८१
सहर्ष न्युज
शुक्रवार, माघ ४ २०८१
  • काठमाडौं । चार सय ३१ किलो रक्तचन्दनसहित सिन्धुपाल्चोकका माओवादी नेता ज्ञानबहादुर तिमल्सिनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    बलेफी गाउँपालिका–८ का स्थानीय माओवादी नेता तिमल्सिना र काठमाडौँ १४ का रमेश थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरी टोलीले पक्राउ गरेको छ । तिमल्सिना र थापाले रक्तचन्दन कहाँबाट ल्याएका हुन् भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । 

    यसअघि तस्करहरूले २०६० को दशकतिर भारतबाट अवैध रूपमा नेपालको अरनिको सडक हुँदै चीनको खासामा रक्तचन्दन पुर्‍याउने गरेको प्रहरीको तथ्याङ्क छ । अवैध मानिएको रक्त चन्दनसहित तिमल्सिना पक्राउ परेपछि तातोपानी नाकाबाट तस्करीको रूपमा रक्तचन्दन निर्यात हुने गरेको तथ्य खुलेको छ । भारतबाट तिमल्सिना र उनको समूहले यसअघि पनि ठुलो परिणाममा रक्तचन्दन खासातर्फ तस्करी गरेको खुल्न आएको थियो । 

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार तिमल्सिना र थापालाई गैर कानुनी रूपमा अवैध वन पैदावार रक्तचन्दन कारोबार गर्न लागेको प्रहरीलाई गोप्य सूचना मिलेको थियो । 

    प्रहरीले खोजतलास गर्दा तिमल्सिनालाई पेप्सीकोलास्थित डेराबाट उक्त परिणामको रक्तचन्दनसहित माघ १ गते बेलुकी ७ बजे पक्राउ गरेको थियो । प्रहरीले उनीहरूलाई अहिले डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा राखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

    रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस)को अनुसूची–२ मा सूचीकृत वनस्पति हो । साइटिसको अनुसूची–२ मा सङ्कटापन्न वनस्पतिलाई राखिन्छ, जसको ओसारपसार प्रतिबन्धित हुन्छ । नेपाल पनि साइटिस सन्धिको हस्ताक्षरकर्ता देश हो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend