२०८३ भाद्र २९ गते सोमवार

images
  • समाज
  • खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको...

खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण सम्पन्न

सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
सहर्ष न्युज
सोमवार, पौष २९ २०८१
  •  

    मेलम्ची उपआयोजना–२ अन्तर्गत बिच्छ्याइएका कुल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिनुभयो ।

    परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका का उप–निर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कुल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दस गरी १४ वटा खानेपानी वितरण सञ्जालका तीन सय ५० किलोमिटर पाइलाइनको परीक्षण गरी बोर्डलाई हस्तान्तरण भइसकेको छ । तेस्रो चरणका बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ ।” 

    खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कुल एक हजार दस किलोमिटर पाइपलाइन रहेको जनाइएको छ । सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा हालसम्म ६० हजार आठ सय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको जनाइएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend